suekhet
bheriad

प्रधानमन्त्री ओली पुन अस्पताल भर्ना ,

lekabesi

मङ्सिर २४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली पुन : अस्पताल भर्ना भएका छन्। उनि नियमित डायलासिस गर्न अस्पताल पुगेका हुन् ।

उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिसका लागि गएका हुन् ।

‘प्रधानमन्त्री ओली १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै नियमित डायलासिसका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्री ओलीले करिज १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरेका थिए ।पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ ।प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो ।

उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए ।प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपणबारे पनि छलफल भइरहेको उपचारमा संलग्न चिकित्सकहरु बताउछन ।