suekhet
bheriad

अपमान गर्दै जागिरबाट निकालेको भन्दै आत्महत्या ,

lekabesi

मङ्सिर २४ ,सिराहा- सिराहाको गोलबजार ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन् ।

गोविन्दपुरकी अनितादेवी पासवानले मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।उनले १५ वर्षबाट श्रमिकको रुपमा काम गर्दै आईरहेको अन्य मजदुरले बताएका छन् ।

पासवानलाई अपमान जनक ढंगले काम बाट निकालेपछि उनले आत्मा हत्या गरेको आफन्त, मजदूरले जानकारी गरेका छन् आफन्त मजदुरले मृतकलाई क्षतिपूर्तिको माग गर्दै उद्योग घेराउ गर्नुका साथै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।

उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको सूचना टाँसेको थियो।पासवान नियमित जस्तै मंगलबार पनि काममा गएकि थिईन तर अवकासको सूचना पाएपछि फर्कीएर उद्योग नजिकैं रुखमा ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको उद्योगका प्रशासकीय अधिकृत एवं सुरक्षा संयोजक मोहन शर्माले जानकारी दिए।

मजदूरहरुले सेवा सुविधाको विषयलाई लिएर माग गरी केही दिनदेखि उद्योगमा अवरोध गर्दै आएका थिए। अवरोधमा संलग्न अनितालाई उद्योग प्रशासनले मंसिर ६ र १३ गते दुई पटक स्पष्टीकरण सोधेको थियो।

प्रशासकीय अधिकृत शर्माका अनुसार स्पष्टीकरणको चित्तबुझदो जवाफ नदिएको भन्दै सोमबार उनलाई सेवाबाट अवकाश दिएको थियो। उनी उद्योगको अखिल नेपाल औद्योगिक मञ्चकी सदस्य थिइन्।

सबै मजदुर काममा गएका बेला अनितालाई अपमानजनक ढंगले महिला प्रहरी लगाएर उद्योगबाट निकालेकाले हतोत्साहित भएर आत्महत्या गर्न पुगेको दाबी मजदुरहरुको छ। मजदुरहरुले उद्योग व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गरेका छन।

आफूहरुले खाईपाई आएको तलब कात्तिक महिना देखि घटाएर आएको विषयमा व्यवस्थापनसँग छलफलको लागि माग गर्दा आफूहरुमाथि अनावश्यक आरोप लगाउँदै व्यवस्थापन पक्ष एकपक्षीय ढंगले कार्वाहीमा उत्रिएको मजदूर पक्षको आरोप छ।

उद्योग व्यवस्थापनले अनितासँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोदकुमार महतो, सभ्यकुमार यादव, मोहनकुमार यादव र मिथिलेशकुमार यादवलाई पनि एक महिनाका लागि निलम्बन गरेको उनीहरुले जानकारी दिए।

उद्योगका मजदूरहरुले चिया, मिठा (सख्खर) वापत प्रत्येक दिन ५० रुपैयाँका दरले पाउँदै आएको सुविधा व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको आरोप लगाएका छन्। यस विषयमा छलफल गर्न माग गरेकै कारण मृतक पासवानलाई रोजगारीबाट हटाएको मजदूरहरुको आरोप छ।

घटनापछि उद्योग व्यवस्थापनले मजदूरहरुलाई वार्ताका लागि बुधबार बिहान बोलाएको मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष विनोदकुमार महतोले जानकारी दिए।