दर्शकले अत्यधिक रुचाए स्वर्णिम शाही र माण्डबी त्रिपाठीको मौलिक डेउडा “चलन चलिया”

मनोरंजन :चक्र साउद आर.सी -काठमान्डौ:कुशल म्युजिक प्रा।लिको प्रस्तुति नेपाली लोक दोहोरी तथा डेउडा क्षेत्रमा लामो समय देखि निरन्तर लाग्दै आएका स्वर्णिम शाही र माण्डबी त्रिपाठीको आवाज रहेको स्वयम गायकको लय र शब्द रहेको उक्त गीत बिशेष फिल्मसको युटुब च्यानल मार्फत बजारमा आएको छ ।

बिशेष गरेर कर्णाली र सुदूरपश्चिमका जिल्लाका विशेषता तथा त्यहाँका धार्मिक एवम् पर्यटकीय क्षेत्रको वर्णन पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको एकसाथ पहिचान दिने उद्देश्यले ‘चलन चलिया’डेउडा गित सार्वजनिक गरेका छन् ।

गीतको भिडियोमा चर्चित मोडल रोजी कुवर र स्वर्णिम शाहीको नृत्य/अभिनय रहेको छ भने भिडियो निर्देशन गायक स्वयम स्वर्णिम शाहीको रहेको छ । बिकट ठाउ कालिकोटमा जन्मेका गायक स्वर्णिम शाहीले आफ्नै पहिचान बनाईसकेका छन् ।

lekbesi

गायक शाही एक सालिन ब्यक्त्तित्व हुन् जसले बिगत लामो समय देखि यहि क्षेत्रमा लागेका थिए । हिजो जुन बेला देशमा उथलपुथल भएको त्यहि बेला पनि केहि चर्चित गित गायर सवैको मन जितेका थिए ।

बहु प्रतिभा भएका शाहीले यो यो डेउडा गित बजारमा ल्याउनु भनेको मनोरन्जन मात्रै नभएर सुदूरपश्चिम तथा कर्णाली भेगको कला सस्कृतिलाई सरक्षणको लागि पनि एक खुटकिला पार हुने छ। यस्ता मौलिक गित संगीत बजारमा ल्याउने कलाकारको कमि भएको बेला गायक शाही यसरि प्रस्तुत हुन् भनेको कला क्षेत्रमा एक हिस्सा ओगट्नु हो ।

शाहीले यो गीतमा मौलिक भाषालाई बढी ध्यान दिएका छन् । सुदूरपश्चिम तथा मध्यापश्चिमको कला सस्कृति यो गीतमा जोडेका छन् । पश्चिमि क्षेत्रको कला सस्कृति जोगाउन तथा नेपालि गित संगीतमा लागेका हरेक ब्यक्त्तिको लागि एक उदाहरण बनेका छन् ।

शाहीले दर्जनौ गितमा हस्ताक्षर गरिसकेका छन् ।यो म्युजिक भिडियोमा डेउडा क्षेत्रकि चर्चित अनुहार रोजी कुवारलई प्रवेश गराएका छन् । रोजी कुवरको पनि नेपालि गीतसंगीतको क्षेत्रमा आफ्नै पहिचान रहेको छ ।

बिगत लामो समय देखि यसै क्षेत्रमा लागेकी कुवरले दर्जनौ गीतसंगीतमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । अछाम साफेबगर जन्म घर भएकी कुवर सवैको मन मुटुमा बसेकी नेपालि गीतसंगीत क्षेत्रकी एक हस्ती हुन्।

यो गीतमा सवैको उत्तिकै उत्कृष्ट बहुम,उका रहेको छ ।यो गीतको म्युजिक भिडियोलाई डिबी रौलेको छायांकन रहेको छ भने भिडियोको सम्पादन भने मिन रावलको रहेको छ । बधाई छ यो टिमका सम्पूर्णलाई ।आशा छ यो गीतपनि चर्चाको सिखरमा चुम्ने छ ।

भिडियो हेरौ ,