साग स्वर्ण खेलाडीलाई नगरपरिक्रमा ,रिमझिम पानीमा अबिरको बहार ,
मङ्सिर २७ ,काठमान्डौ – भर्खरै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा गरिएको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो ।
बिहान ११ बजे बाट खेलाडीलाई नगरपरिक्रमा गर्ने भनेपनि बिहानै देखि वर्षा नरोकीएपछि केहि समय ढिला नगरपरिक्रम गरिएको थियो ।
,रंगशाला परिसरमा सबै खेलाडीले अबिर माला पहिरिए संगै हातमा नेपालको झण्डा बोकेर सुरु भएको परिक्रमा सुन्धारा , न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदकधारी खेलाडीहरुलाई परिक्रममा गरिएको थियो ।
भक्तपुर ,ललितपुर ,सम्म परिक्रमा गर्ने भनेपनि वर्षाका कारण कार्यक्रम छोटो पारिएको थियो ,।खेलाडीको अगाडी आर्मीको समुहले जंगी निशाना हाम्रो , नेपालि हामि रहला कँहा नेपाली नरहे जस्ता नारा लगाईएको थियो ।
भने खेलाडीको समुहमा गाडीबाट अबिर फूलमालाले स्वागत गर्दै नगर परिक्रमा गरिएको थियो ।