गाँउपालिका आधारभूत स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सनराईज ई. बोर्डिङ स्कुल प्रथम,

मङ्सिर २८ ,नवलपरासी पश्चिम- नवलपरासी पश्चिम प्रतापपुर गाउपालिकाको आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतापपुर गाउपालिकाको वडा नं.-८ मा रहेको डम्बर बहादुर आधारभूत विद्यालय बैरिया (पिपरपाति) को सहकार्य र प्रतापपुर गाउपालिका शिक्षा शाखाको आयोजनामा हिजो २७ गते उक्त प्रतियोगिताका गरिइएको थियो ।

प्रतापपुर गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा सनराईज ईगंलिस बोर्डिङ स्कुल ५३ अंक प्राप्त गरि प्रथम भएको हो ।

lekbesi

आदर्श इंग्लिस बोर्डिङ स्कुल सेमरी ४८ अंक प्राप्त गरि द्वितीय, बेलाटारी चिल्ड्रेन ऐकाडमी वेलाटारी ४४ अंक प्राप्त गरि तृतीय रहेको थियो भन्ने लक्ष्मीपुरा आ.वि. सिसहनिया ३४ अंक र लिटिल बुद्ध इंग्लिस बोर्डिङ स्कुल गोपिगंज १७ अंक प्राप्त गरि चौथो र पाँचौ स्थानमा रहेको थियो ।

गाउँपालिका स्तरीय भएको उक्त प्रतियोगितामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप सिंह थापाको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको प्रमुख अतिथित्यता, विशेष अतिथिमा वडा नं.-८ का वडाध्यक्ष कादिर अलि गाउँपालिकाका शिक्षा शाखा संयोजक दधिराम शर्मा, डम्बर बहादुर प्रधानाध्यापक मनोज सिंह थापा, अनिरुद्ध यादव, संगिता सिंह अजय शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन चक्रबहादुर कुशवाहाले गरेका थिए ।

उक्त कार्यक्रममा सामुदायिक संस्थागत र मदरसा गरि २४ वटा विद्यालयको सहभागिता रहेको अभिनन्दन सिंह जानकारी गराउनु भएका थिए ।

 

 

अंगद यादव/ नवलपरासी पश्चिम