धनुषा बम विस्फोट इन्स्पेक्टर सहित २ जनाको मृतु ,

मङ्सिर २८ ,जनकपुरधाम – हिजोराति १२ बजेतिर धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको पनि मृत्यु भएको छ ।

दाहालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृतु भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा मध्यरातमा बम विष्फोट हुँद अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको थियो ।

,अमिर दाहालको कोखामा छर्रा लागेको थियो उपचारमा उनको मृतु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

तेस्तै घटनामा घाईते हुने अन्य जनाको अवस्थापनि गम्भीर छ घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, २५ वर्षको छोरा प्रकाश,प्रहरी जवान रिजनाथ कुमार महतो घाइते छन् ।

राजेश शाहको घर बाहिरको पोलमा संकास्पद वस्तु फेला परेको जानकारी पछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरिक्षक अमर कुमार दाहालमा नेतृत्व टोलि खटिएको थियो ।

,प्रहरीले त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।घटना कसले र किन गरायो भन्ने अहिले सम्म थाहा छैन।

,अनुसन्धानका लागि विशेष तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।