नेकपाको सचिवालय र स्थायी कमिटिको बैठक भोलि बिहान बस्दै ,

मङ्सिर २८ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी कमिटिको बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ ।

शनिबार दिउँसो बाथक बोलाईएपनि नेता हरुको कार्य व्यस्तताका कारण आज बैठक स्थगित गरेर भोलि बिहानको लागि सारिएको हो ।

,सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची लगायत विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाले पहिले सचिवालयको बैठक बस्ने छ भने सचिवालयको बैठक सम्पन्न पछि स्थायी कमिटिको बैठक बस्ने छ ।