सिन्धुपाल्चोक बस दुर्घटना १३ जनाको सनाखत १ जना अझै बेपत्ता ,

मङ्सिर २९ ,काठमान्डौ – सिन्धुपाल्चोक बस दुर्घटना १५ जना मृतक मध्ये १३ जनाको सनाखत भएको छ १ जनाको सनाखत हुन् बाँकी छ भने चालक अझै बेपत्ता छन् ।

दोलखाको कालिन्चोक मन्दीर दर्शन गरेर फर्किएका यात्रुहरु सवार बस सिन्धुपाल्चोकको ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

घटनामा १९ जना सख्त घाईते छन् । ,घाईते सबैलाई उपचारको लागि काठमान्डौ ल्याईएको छ ,भक्तपुरको जगातीस्थित आदर्श टोलका ४० जना शनिबार दुई वटा गाडी रिजर्भ गरेर मन्दिर दर्शन गर्न गएका थिए ।

उनीहरु सवार बा ४ ख ४४६८ नम्बरको बस सुनकोसी गाउँपालिका-७ को ६ किला भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

बस सडकबाट ५ सय मिटर तल खसेको छ। ,सडकको अवस्था र यान्त्रिकका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ,।

मृतक मध्ये सनाखात १३ जनाको नामवली ,

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।

त्यस्तै  दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत,  भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि मृत्यु भएको छ ।

यस्तै घाइतेमध्ये १४ जनाको काठमाडौंको हृयाम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुईजनाको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ,