एसईईको परीक्षा तालिका र मिति सार्वजनिक ,

पुष १ ,काठमान्डौ – २०७६ को माध्यमिक शिक्षा (एसई) परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।

रास्ट्रीय परिक्षा बोर्डको जिही ३० गते बसेको बैठकको निर्णयले उक्त परिक्षा समय तालिका प्रकासित गरेको हो ।

lekbesi

परिक्षा बिहाना ८ बजे देखि ११ बजे सम्म संचालन हुने छ भने परिक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।

त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।