suekhet
bheriad

विद्या भट्टराई आजबाट सांसद बन्दै ,

lekabesi

पुष १ ,काठमान्डौ – विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने छिन।

सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मङ्गलबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन छ तर यत्बेला सभामुख नभएको हुँदा विद्या भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।

संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ ।

तर संविधानमा कार्यवाहक सभामुखको व्यवस्था कहीँ कतै छैन । सोही धारालाई टेकेर उपसभामुख तुम्वाहाङ्फेले सभामुखको हैसियतमा शपथ ग्रहण गराउन लागिएको हो ।

विद्या भट्टराई गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकि थिइन् ।