सौताका छोराछोरी भन्दै खानामा विष मिसाईदिदा आफ्नै मृतु ,

Naumule

पुष १ ,पर्सा – वीरगञ्जमा एक महिलाले घरयासी झगडाको आक्रोशमा तरकारीमा विषादी हालेर खाँदा मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मीको मृत्यु भएको हो ।

घरमा विवाद हुँदा उनले तरकारीमा विषादी हालेर परिवारका अन्य सदस्यहरुलाई समेत खुवाएकि थिईन।,

विषादी हालेर पकाइएको तरकारी खाएका उनका आफ्नै नाबालक छोरा र ३ सौतेनी छोरा र १ छोरी गरी ५ जना पनि सिकिस्त बिरामी भएका छन् ।

राधिकादेवीले गहुँबालीमा छर्ने बिषादी तरकारीमा हालेर आफुसहित परिवारका सदस्यहरुलाई पनि खुवाएकी थिइन् ।

Gurvakot

गम्भीर बिरामी भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि गएराति नै वीरगन्जको तराई अस्पतालमा पुरयाइएको थियो । अस्पतालमा उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको हो ।

विषादी हालिएको तरकारी खाएर बिरामी परेका राधिकाका आफनै छोरा ३ वर्षीय विवेक कुमार तथा सौतेनी पटट्टीका तीन छोरा र एक छोरीको भने अवस्था गम्भिर रहेको जनाइएको छ ।

उनीहरु पाँचै जनालाई गएराति नै वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए ।

उनीहरुको अवस्था गम्भिर छ उनका श्रीमानले पर्साकै परवानीपुरस्थित कपडा उद्योगमा काम गर्दै आएका छन् ।श्रीमान् जगदीश भने गएराति उद्योगमै थिए ।

राधिकाले किन र कसरि विषादी कहीं र अन्य परिवारलाई खुवाईन भन्ने बारे उनका श्रीमान् लाई प्रहरीले झिकाएर अनुसन्धान गरिरहेको छ।

Bangad kupinde