कांग्रेसको गुट भन्दा ,गु, राम्रो,

पुष २ काठमान्डौ – नेपालि कांग्रेसको केन्द्रिय कमिटि भित्र अहिले गुट बन्दि चलिरहेको छ ,।जसको प्रभाव केन्द्र हुँदै प्रदेश र नगरकमिटि स्थानियमा समेत परेको छ ।

,पार्टीका सभापति शेर बहादुर देउवा र बरिस्ट नेता रामचन्द्र पौडेल बीच एक अर्कामा भनेको नमान्ने र विभिन्न समुहमा गुटबन्दी चलिरहेको छ ।

,केहि हप्ता अगाडी देउवा पौडेललाई फकाउन पौडेल निवासमै पुगेका थिए तर पौडेलले कुनै जवाफ नदिएर यसको जवाफ विभागबाटनै खोज्नु पर्छ भनेपछि देउवा जवाफ बिहिन हुँदै फर्कीएका थिए।

पार्टी भित्र र केन्द्रमा नै गुट उपगुट देखिएपछि अब नेपालि कांग्रेस ओराली लागेको हरिणको चाल जस्तै बनेको देखिन्छ। नेपालि कांग्रेसलाई जनताले नै कालो कांग्रेस भन्दै पाखा समेत लगाएका छन् ।

सभापति देउवाले विभाग संख्या २८ बाट ४१ पुर्‍याएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष असन्तुस्ट छ ।

सभापति शेरबहादुर देउवाले सहमतिबिना पार्टी बढाएको विभाग वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नमान्ने भएको छ ।

बुधबार पौडेल निवास बोहोराटारमा भएको भेलाले एक पक्षीय ढंगबाट बढाइएको विभागको संख्या नमान्ने निश्कर्ष निकालेको हो ।

तेस्तै देउवा समुहमा छुट्टै समूहको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला समेत सहभागी रहेको केन्द्रीय सदस्य ह्रदयराम थामीले बताए ।

नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति जुटाउन पूर्वमहामन्त्री कृष्ण सिटौलाले थालेको दौडधुप असफल भएको छ।

सिटौलाले आफू दुबै गुटमा नरहेको धारणा राख्दै पौडेल समूहले बोलाएको बैठकमा सहभागी भएका छन् ।

वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा बसेको बैठकले प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने अडान दोहोर्‍याएको छ ।

बोहाराटारको भेलामा डा. रामशरण महतलगायतका नेताहरुले त कार्यकाल सकिने बेलामा विभागहरु गठन गर्न आवश्यक नभएको धारणा राखेका थिए ।

नेता कृष्ण सिटौलाले भने ४१ वटा विभाग बनाउने प्रस्ताव आफूलाई मान्य नहुने, तर विधानअनुसार २८ बनाउँदा आफू तटस्थ बस्ने बताएका छन् ।

महाधिवेशन संस्थापनले ०७७ फागुनमा गर्ने गरी ल्याउने प्रस्ताव गरेको छ भने पौडेल पक्षले ०७७ मंसिरमा गर्ने गरी ल्याउनु पर्ने भनिरहेका छन् ।

तरुण दलमा देउवा निकट जितजंग बस्नेत सभापति छन् भने पौडेल समूहका भुपेन्द्रजंग शाही महामन्त्री छन् ।

संस्थापन पक्षले ६ महिना म्याद थप्ने प्रस्ताव गरेको छ भने पौडेल समूहले अधिवेशन गराउन विधानअनुसार ९५ सदस्यीय कमिटी बनाउनुपर्नेमा जोड दिएको छ ।

]सबै भन्दा बढी विवाद नेविसंघमा देखिएको छ नैनसिंह महर नेतृत्वको कार्यसमिति भंग भइसकेको छ ।

अहिले सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई सभापति बनाउन चाहेका छन् । संस्थापन, पौडेल, सिटौला र विजय गच्छदार समूहलाई महामन्त्री दिने उनको प्रस्ताव छ ।

तर पौडेल समूह यो मान्न तयार छैन ।यस्तै पक्ष र विपक्षि हुँदै पार्टी भित्रनै किचलो कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नबसी पुष ४ गतेको लागि सारीएको छ

कांग्रेस भित्र गुट उपगुट चलेपछि कांग्रेसका नेता कार्यकर्ताले गुट भन्दा गु राम्रो हुने समेत बोलेका छन् ,।