Gold

अयोग्य जस्तो गरि अपमान शैलीमा मन्त्रिबाट हटन पर्यो गोकर्ण बिस्ट,

Naumule Migrate

पुष २ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुगेको गोकर्ण विष्टले बताएका छन् ।

आइतबारदेखि जारी सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथि आफ्ना सुझाव दिने क्रममा पूर्वमन्त्री समेत रहेका विष्टले भने मन्त्रीबाट हटाउन भन्दा राजिनामा मागेको भए दिन पहिलेनै तयार हुन्थे।

पार्टीले कुनै सामान्य जानकारी समेत गरेको भए सहज हुने थियो तर अयोग्य जस्तो गरी मन्त्रीबाट हटाउँदा आत्मसम्मानमा चोट पुगेको पनि विष्टले बताएका छन्।

बुधबारको बैठकमा १२ जना सदस्यले आफ्ना सुझाव राखेका छन्। मातृका यादव, बर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले सुझाव राखेका छन्। अर्को बैठक बिहीबार ११ बजे बस्ने भएको छ।

Naumule Badhipahiro