अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पलाई लाग्यो महाभियोग ,

Naumule

पुष ३ ,काठमान्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ ले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाएको हो ।

हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै महाभियोगको पक्षमा मतदान गरेको हो। रास्ट्रपति ट्रामप्लाई महाभियोग लागाउने पक्षमा २३० मत सदनका कसेको छ भने विपक्षिमा १९७ मत खसेको थियो।

। डेमोक्रेटिक पार्टीका सांसदले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउनु पर्छ भन्ने पक्षमा मतदान गरेका छन्। त्यस्तै रिपब्लिकन पार्टीका सांसदले महाभियोगको विपक्षमा मतदान गरेका छन्।

त्यस्तै महाभियोगको दोस्रो आरोपको रुपमा रहेको सदन अवरुद्ध गरेको विषयमा अब राष्ट्रपति ट्रम्पविरुद्ध नै मतदान भएको छ।ट्रम्पले सदन अवरुद्ध गरे भन्नेमा पनि २३० मत र त्यसको विपक्षमा १९७ मत खसेको छ।

चार सय ३५ सदस्यीय अमेरिकी तल्लो सदनको स्पष्ट बहुमतले बहालवाला राष्ट्रपतिलाई महाभियोग लगाउने व्यवस्था, अमेरिकी संविधानको आर्टिकल १ अर्न्तगत सेक्सन २ को क्लज ५ मा उल्लेख छ।

सैन्य सहायता बढाउने प्रलोभनसहित युक्रेनमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोय वाइडेनविरुद्ध भष्ट्राचारको छानबिन गर्न दिएको आरोप ट्रम्पमाथि लगाइएको थियो।

यद्यपि ट्रम्प एवम् उनको रिपब्लिकन पार्टीले भने यो विषयलाई राजनीतिकरण गरिएको र आगामी राष्ट्रपतीय निर्वाचनको संभावित हारबाट तर्सिएर महाभियोग लफडा अगाडि ल्याइएको तर्क गर्दै आएको छ।

Gurvakot

बुधबारको मतदानमा डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी स्पष्ट रुपमा दुई खेमामा विभाजन भएका थिए। मतदान हुनु पहिले दिनभर दुवै पार्टी पक्षधरबीच सदनमाच र्को छलफल एवम बहस भएको थियो।

अमेरिकी इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो बहालवाला राष्ट्रपति हुन्। यसअघि सन १८६८ मा १७औं राष्ट्रपति एन्ड्रयू जोन्सन र १९९८ मा ४२ औं राष्ट्रपति बिल क्लिन्टनलाई तल्लो सदनले महाअभियोग लगाएको थियो।

सन १९७३ मा वाटरगेट स्क्याण्डल प्रकरणमा कंग्रेसले सम्भावित महाभियोगबारे छानबिन गरिरहेकै अवस्थामा रिचर्ड निक्सनले भने राजीनामा दिएका थिए आजन्को अन्लईं कान्तिपुरले पनि समाचार लखेको छ ।,,

संसदमा मतदान भैरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने मिशिगनमा चुनावी र्‍‍यालीलाई सम्बोधन गरिरहेका थिए। ट्रम्पले आफू आफ्नो कार्यकालको अन्तिमसम्म नै पदमा रहने बताउँदै महाभियोग प्रक्रियालाई ‘राजनीतिक आत्महत्या मार्च’ को संज्ञा दिएका छन्।

अब यो मुद्दा अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा प्रवेश गर्नेछ। ट्रम्प राष्ट्रपति पदमा रहन्छन् वा रहँदैनन् भन्ने निर्णय अब सिनेटबाटै हुनेछ।

अमेरिकी संसदको तल्लो सदनमा ४३५ मध्ये डेमोक्रेटिक पार्टीबाट २३३ सदस्य रहेका छन्। त्यस्तै रिपब्लिकन पार्टीका १९७ सदस्य तथा एक जना स्वतन्त्र सदस्य रहेका छन्। ४ सिट भने खाली रहेको छ।

त्यस्तै माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५३ जना सदस्य रहेका छन् भने डेमोक्रेटिक पार्टीका ४५ जना सदस्य मात्र रहेका छन्। सिनेटमा २ जना स्वतन्त्र सांसद रहेका छन्।

Bangad kupinde