प्रचण्ड पत्नी सिता दाहाललाई उपचारको लागि पतञ्जली योगपीठमा,

पुष ४ ,काठमान्डौ – नेकपा अध्यक्ष प्रचण्ड पुष्कमल दाहाल प्रचण्डकि पत्नी सिता दाहाललाई उपचारको लागि पतञ्जली भारतको उत्तराखण्डस्थित हरिद्वार योगपीठमा लगिएको छ।

प्रचण्ड छोर गङ्गा दाहालले आमा सिता दाहाललाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि लगिएको जानकारी दिएकी हुन् ।

गङ्गा र उनकी आमा सिता दाहालले आफ्नो सामाजिक संजालमा योगपीठका बाबा रामदेव र आचार्य बालकृष्णसँगै बसेर खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।

lekbesi

सीता विगत लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।

जसका कारण ब्रेनमा समस्या देखिने र स्नायु तन्तुहरुमा रहेको प्रेटिनमा गडबडी हुने गर्दछ ।

उनको साथमा नेकपाका नेता मातृका यादव पनि रहेका छन् ।सीताको उपचारको लागि गङ्गा र सिता दाहाल बिहिबारनै हरिद्धार गएका हुन्।

उनीहरु आइतबार सम्ममा नेपाल फर्कने पारिवारिक श्रोतल बतायो , ।।