कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सुरु गरे छोरी पढाउ छोरी बचाउ अभियान ,
पुष ५ ,सुर्खेत – कर्णाली प्रदेश सरकारले “बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको” भन्ने नारा सहित २०७६ साउन १ गतेदेखि जन्मिएका छोरीको लागि ब्यालेन्स सहितको बैंक खाता खोल्ने अभियान कालीकोटबाट सुरु गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री माननिय महेन्द्रबहादुर शाहीले कालीकोटको सदरमुकाम मान्मा खाँडाचक्र नगरपालिका २ मान्म कालीकोट निवासी दर्शना दमाईका ४ महीने छोरी जानकी परियार र सोही नगरपालिका १ का रतना सुनारका २ महीने छोरी जमुना सुनारलाई बैक खाता खोल्न रु. एक एक हजारका चेक हस्तान्तरण गरी छोरी सुरक्षा कार्यक्रम शुभारम्भ गर्नु भएको छ ।
कर्णालीका छोरीको सामाजिक न्याय, बाल विवाह अन्त्य, महिला हिँसा न्यूनीकरण र छोरीको पढाई सुनिश्चित गर्ने उदेश्यले चालू आवको बजेटमा यो कार्यक्रम ल्याइएको हो ।
यस कार्यक्रम अन्तर्गत एक परिवारमा दुई जनासम्म छोरीका लागि जन्मिनसाथ छोरीको नाममा बैंक खाता खोलेर रु एक हजार जम्मा गरी बीस वर्षसम्म मासिक पाँच सयका दरले रकम जम्मा गरिने छ ।
बीस वर्षसम्म छोरीको विवाह नगरेर अनिवार्यरुपमा पढाउनु पर्नेछ अनि बीस वर्ष पुगेपछि छोरीलाई सो रकम प्राप्त हुने छ ।
यस कार्यक्रमले छोरीहरू पढाउने र बाल विवाह अंत गर्ने कुरामा सहयोग पुग्ने विश्वाससहित कर्णालीका सबै छोरीहरूमा यो सेवा लागु गरिएको छ
कार्यक्रम सामाजिक बिकास मन्त्री दल ब रावलको अध्यक्षता साथै माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही को प्रमुख आतिथ्यतामा र कृषि तथा भुमी सुधार सहकारी मन्त्री बिमला केसी को विशेष आतिथ्यतामा संगै जिल्लाका सर्बदलिय नेताहरु बाट सयुक्त रुपमा समुद्घाटन गरियको थियो ।