suekhet
bheriad

नेकपाको २० गते केन्द्रीय समिति बैठक आवहान ,

lekabesi

पुष ४ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २० पौषमा केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

पार्टी एकतापछि पहिलो पटक एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

केन्द्रीय कमिटीले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने लगायतको निर्णयको अनुमोदन पनि गर्नेछ ।