झोलुङ्गे पुलको बजेट कांग्रेसले ल्याएको होइन भन्दै हाँसे नगर प्रमुख भन्छन नेकपाका भन्दा हाम्रा नेता कार्यकर्ता बुद्दि नभएका लास्ट फालीएका छन्,
पुष ४ ,सुर्खेत – गुर्भाकोट सुर्खेत ९ मा नेपालि कांग्रेसले प्रथम भेला सम्पन्न गरेको छ ,।भेलामा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले कार्यकर्तालाई ब्रिफिङ् गरेका थिए ।
,पुनले अबको दिनमा वडामा भने जस्तो सम्बोधन नहुन सक्छ , तेस्को लागि हामि संग विकासका लागि प्रसस्त बजेट नभएपनि जनता र कार्यकर्तासंग भेट घाट गर्ने बताएक थिए ।
,नगर प्रमुख यकहोरो बोलिरहेको देखिन्थे ,घरमा बसेर हुकार हालेर केहि नहुने भन्दै तेस्कोलागी सबै एक जुट हुने र अगाडी बढ्न पनि पुनले जनता कार्यकर्तालाई आग्रह गरेका थिए ।
,केन्द्रमा नेकपाभित्र ठुला -ठुला बुद्दिमान ब्याक्ति बसेको र आफ्नो पार्टीमा बुद्दि नभएका नेता कार्यकर्ता र लास्टमा फालीएका मात्र भएको स्वीकार गरे ।
ठट्यौली पारामा किरण ओलीलाई उनले भने ।किरणको भने बुद्दि छ फेरी रिसाउनु होला ,।ओली स्वास्थ्य कर्मी हुन् तर उनि आफ्नो कार्य कक्षमा नगई राजनीतिक कार्यक्रममा हिड्छन ।
,आफुलाई पनि नगरपालिकाको कुनै यथार्थ थाहा नभएको भन्दै आफुले अभ्यास गर्ने नगर प्रमुख हस्त पुनले बताए ।
आफुले गरेका विकासलाई सहि ढंगले प्रचार प्रसार समेत गर्न नसकेको कमीकमजोरी रहेको बताउदै पुनले अब सबैजना सुध्रेर जान पनि आग्रह गरे ।
,पुनले ९ न. को झोलुङ्गे पुलको लागि आफ्नो पार्टीले बजेट विनियोजन नगरेको तर आफु हरुले निर्माण गरेको र उद्घाटन गरेको बताए।
बामपन्थीले ल्याए भन्न पनि मिल्दैन ?,नेकपाले ठमर बिस्टले रकम विनियोजन गरे शिलान्यास गरे भन्दै बोलेको सुनिन्थ्यो।
तर त्यो २०७२ /७३ सालमा आएको बजेट हो ।त्यो बेला ठमर बिस्ट कँहा थिए कसैलाई थाहा नभएको समेत पुनले बताए।
उनले भने त्यो बेला जिल्ला विकास समितिले हालेको बजेट हो हामि पनि थिएनौ ।हामीले गर्यौ भन्न मिल्दैन, तर निर्माण कार्य हामीले गरेका छौ ।जसले गर्दा जनतालाई भेरी किनारा वारि पारि गर्न सहज भएको छ उनले भने ।
अहिले जिल्ला विकास खारेज भईसकेको छ, तर तेंहाबाट विनियोजन रकम ६/ ७ महिना आगाडी बाट प्रायस गर्दै ल्याएर हामि कँहा आईपुग्यो र काम अगाडी गरेको जनतालाई जानकारी गरे।
केहि दिन आगाडी मात्र गुर्भाकोट नेकपाले विज्ञप्ति मार्फत आफुहरुले बजेट विनियोजन गरेको र कांग्रेसले उद्घाटन गरेको भन्दै विज्ञप्ति सार्वजानिक गरेको थियो।
जसले गर्दा गुर्भाकोटमा खैला बैलानै मच्चीएको थियो ।,कांग्रेसलाई जनताले गालि गरे भन्नु स्वाभाविक हो सबै सहि छ भन्ने होइन उनले भने ।
त्यो भएर अब हामि नेकपाका सामान्य भोटरहरुलाई पनि ईग्नोर गर्ने काम नगरौ ।उनीहरुको मन जित्दै जाँउ ,अन्यथा आफुहरुले कहिले पनि जित्न नसक्ने समेत पुनले बताए ।
भेलामा उप प्रमुख मैना बिक लगायत केहि सिमित ब्याक्तिको उपस्थिति थियो ।,