कुखुराको खोरमा भेटियो आधुनिक एसएमजी हतियार र गोलि ,

पुष ६ ,विराटनगर – सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली प्रहरीले बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा सर्चमा पुगेको टोलीले कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको सुनसरीका प्रहरी उपरिक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ति हतियार गोलि पहिले नै गाडीएको जस्तो देखिएपनि अनुसन्धान भईरहेको बताए अनुसन्धानमा २०६७ सालमा कुखुराको खोर निर्माण गरिएको थियो भने पछिल्लो समय खोरमा कुखुरा पालिएको छैन् ।

lekbesi

कुखुरा फार्म संचालक प्रधान द्वन्द्वकालमा माओवादीका कार्यकर्ता रहेको गाउँलेहरुले बताएका छन्।

अनुसन्धानको क्रममा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले हतियार बरामद गरेको हो ।