कांग्रेस सांसदको कर्तुत रक्सि खाएर अभिनेता माथि निर्घात कुटपिट गरि फरार ,
पुष ६ ,वुटवल – नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले कपिलवस्तुको कृष्णनगरमा अभिनेता श्यामकुमार मिश्रालाई निर्घात कुटपिट गरेका छन् ।
,मिश्रा अभिनेता संगै गत निर्वाचनमा राप्रपाका उमेदवार हुन् शाहले मिश्रालाई आफ्नै घरमा बोलाएर कोठाभित्र थुनेर उनका ड्राइभर कस्यपसंग मिलेर मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिए ।
मरणासन्न हुनेगरी कुटपिटपछि सांसद शाहका ड्राइभरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजारको सडकमा ल्याएर छाडेका थिए ।

घाइते मिश्रलाई देखेपछि स्थानीयले उद्दार गरी बहादुरगञ्ज पठाएको र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको बताइएको छ ।
कुटपिट भएका मिश्राको नाक मुखबाट रगत बगिरहेको र उपचार भईरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले बताए ।
,शाहका ड्राईभर फरार छन् प्रहरीले उनलाई खोजिरहेको छ सांसद शाहले भने आफ्नो घरमा मिश्रा आएपनि भना भन भएको तर आफुले कुटपिट नगरेको भन्दै विज्ञप्ति जारि गरेका छन् ।
सांसद पनि अहिले सम्पर्क बिहिन रहेको एसपी जबराले बताए । घटनाको अनुसन्धान भईरहेको र फरार ब्याक्तिलाई खोजिरहेको उनले बताए।