लोकदोहोरी प्रतिष्ठानको भवन निर्माण एक करोड बिस लाखमा ,
पुष ७ ,काठमान्डौ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन १ करोड २० लाखमा निर्माण भएको छ ।
,नवनिर्मित भवनको हिसाब किताब आईतबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरिएको हो ,।
सम्मेलनमा भवनको संकलित रकम ,लागत र बचतको बारेमा जानकारी गराईएको छ भवन शिलान्यास भएको ७ महिनामा तयार भएको थियो ।
गत मङ्सिर १ गते भवनको उद्दघाटन गरिएको थियो ,निवर्तमान अध्यक्ष तथा भवन निर्माण कार्यसमिति संयोजक बद्री पंगेनीले भवन निर्माणका लागि १ करोड २० लाख ३४ हजार ६ सय ९१ रुपैयाँ ५२ पैसा लागेको जानकारी दिए ।
भवन निर्माणको लागि देश देखि विदेश बाट सहयोग उठाईएको थियो ,जसको लागि ९८ लाख ६३ हजार १ सय ७९ रुपैयाँ ५२ पैसा नगद र २१ लाख ७१ हजार ५ सय १२ रुपैयाँ जिन्सी खर्च भएको छ ।
‘यो भवन निर्माणको काम सम्पूर्ण लोक तथा दोहोरी गीत प्रतिष्ठानका व्यक्तित्व र शुभचिन्तकको सहयोगबाट सम्भव भएको बद्रि पंगेनीले बताए ।
,नगद र जिन्सी गरी १ करोड ४८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ सहयोगको कबोल भएकामा १ करोड ३० लाख ६९ हजार ८ सय ४९ रुपैयाँ संकलन भएको प्रतिष्ठानले जनाएको छ ।
जसमा संकलित रकम मध्ये १० लाख ३५ हजार १ सय ५७ रुपैयाँ ४८ पैसा प्रतिष्ठानको खातामा बचत छ भने १७ लाख ७४ हजार ५ सय ४३ रुपैयाँ उठ्न बाँकी छ ।
निवर्तमान अध्यक्ष बद्री पंगेनीले संकलित र बाँकी रकम गरी २८ लाख ९ हजार ७ सय रुपैयाँ ४८ पैसाको हिसाब अध्यक्ष रमेश बिजी र र कोषाध्यक्ष राजु ढकाललाई जिम्मा लगाए ।
]पत्रकार सम्मेलनमा कलाकार कल्याणकारी कोषका सदस्य चन्द्र शर्माले १ करोड भन्दा बढी रकम कोषमा रहेको जानकारी गराए ।
जसमध्ये ८० लाख मुद्दती खातामा र २१ लाख वचत खातामा रहेको छ । वद्री पंगेनीको कार्यकालमा घोषणा गरिएको ‘नव प्रतिभा प्रोत्साहन कोष’ मा भने अहिलेसम्म रकम नभएको पत्रकार सम्मेलनमा जानकारी दिईयो।
नवप्रतिभालाई प्रोत्साहन गर्नका लागि भनी यो कोषको घोषणा गरिएको थियो । प्रतिष्ठानको कोरिया शाखाले १० लाख सहयोग गरेको थियो।
जसको लागि भवनको एउटा कोठा कोरिया शाखाका रुपमा स्थापित गर्ने पंगेनीलि बताए ।
तेस्तै प्रतिष्ठानको भवन निर्माणमा सहयोग गर्ने सहयोगी हरुमा २ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने सहयोगदाताको तस्वीर कार्यालयको बैठककक्षमा राखिने पंगेनीले बताए । ‘
२५ हजार भन्दा बढी सहयोग गर्नेको नाम शिलापत्रमा लेखिने पनि उनले जानकारी दिए ।