राउटे समुदायले जाजरकोटमा आफ्नो संस्कृति देखाउदै ,

पुष ८ काठमान्डौ – नेपाल विभिन्न जात जाति धर्म संस्कृतिका मानव बस्तीको उद्गम स्थल हो ,।

विभिन्न जातजातिमा पनि सबै भन्दा अनौठो र लोपन्मुख जातिमा गनिने राउटे जाति पर्दछ ।

,यो जातिको संख्या नेपालमा झन्डा १२ सय जति छ ,।कर्णाली प्रदेशको सुर्खेत ,दैलेख ,जाजरकोटको केहि स्थानमा यो जातिको बसोबास छ ।

राउटे समुदायले काठका सामाग्री बनाएर बिक्री गरेर जिबन निर्बाह गर्ने बाँदर मारेर खाने ,जंगलका गिठा भ्याकुर र जङ्गललाई नै आफ्नो बास स्थान बनाउदै एक ठाउबाट अर्को ठाउँ जङ्गल चहारेर समुदायमा नै बस्ने गर्दछन।

यो समुदाय अरु मान्छे जस्तो गरि समाजमा बस्ने र खेति किसान गरि खानेमा पर्दैन ,।

उनीहरु पर्या नाङ्गै हिड्ने र कपडा लगाएपनि धोति र एक सरो फेटा बेर्ने गर्दछन ।,उनीहरुको भाषा पनि छुट्टै खाम्सी जस्तो हुने गर्दछ।

राउटे समुदायमा केटाले केटीलाई बिहे गरेपछी केटीकोमा नै जोइल जाने प्रचलन रहेको पाईन्छ। राउटे समुदायका गतिबिधी नजिकबाट नियाल्न भने एकपटक कर्णाली क्षत्र पुग्नै पर्ने हुन्छ।

नेपाली सभ्यताको उदगम थलो कर्णाली क्षत्रमा राउटे सभ्यता अध्याबधी अस्तित्वमा रहनुलाई अनौठो मान्न सकिन्छ।

जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा रहेको प्राचिन दरबारको आगनमा बि.स. २०४५ सालतिर आफ्नो मौलिक संस्कृतिलाई राउटे समुदायले प्रस्तुत गरेको छ ।