समाजवादी पार्टीले सरकार छोड्दै ,उपेन्द्र यादवको केहि छिनमा राजिनामा हुने ,
पुष ८ ,काठमान्डौ – सरकारमा रहेको समाजवादी पार्टीले सरकार छोड्ने निर्णय गरेको बताएको छ ,।
पार्टीको मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक उमाशंक अरगरियाका अनुसार पार्टी सरकारबाट बाहिरिने पक्का भएको र संसदीय दलको बैठक आजैबसी औपचारिक निर्णय गरिने उनले बताए ।
सरकारले संविधान संसोधन गर्ने भनेपछि समाजवादी पार्टी सरकारमा सामेल भएको थियो ,सारमा सामेल भएपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए ।
साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो ।मोहम्मद इश्तियाक राई समाजवादी पार्टीबाटशहरी विकासमन्त्री छन्।
पदाधिकारी बैठकमा उपप्रधानमन्त्री यादव र मन्त्री राइले आजै राजीनामा दिने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राखेका थिए ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए ।यो संगै समाजवादी पार्टी सरकारबाट बाहिरिन खोजेको मानिन्छ ।