Gold

आज खण्डग्रास सूर्य ग्रहणको सार्वजनिक विदा,

Naumule Migrate

पौष १० ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाले आज बिहीबार सार्वजनिक विदा गरेको छ ।

आज पुस १० गते विहिबार खण्डग्रास सूर्य ग्रहण परेकोले प्रतापपुर गाउपालिका अन्तरगत सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिन भनि निर्णय गरेको छ ।

यस कार्यालयका अतिरिक्त यस अन्तरगतका सरकारी कार्यालय सम्पूर्ण सामुदायिक विद्यालय एवं संघ संस्थाहरु बन्द रहने भएकोले सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी गराउनु भएका थिए ।

आज लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तरपश्चिम ऑस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिने छ ।

नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिणको बीचमा मोक्ष हुनेछ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

Naumule Badhipahiro