रुकुम चौरजहारी

सभामुख कृष्ण बहादुर महारा संग, युरोपियन निर्वाचन पर्यवेक्षण टोलीले गर्यो भेट ,,

रुकुम आठ विसकोट

रंग दर्पण ५ चैत – काठमाडौं – वर्तमान राजनीति दल पार्टीका माननीय सभामुख कृष्णबहादुर महारालाई युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीले सोमबार भेटवार्ता गरेको छ । सभामुखको कार्यालय सिंहदरबारमा निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्को नेतृत्वको टोलीले भेटवार्ता गरेको हो ।

भेटमा सभामुख महरालाई गएको मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो । उक्त अवसरमा सभामुख महराले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद दिए ।

जस्तोसुकै परिस्थितिमा पनि नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको उनले बताए ।

मिसनका प्रमुख जेलजना जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताइन् । उनले निर्वाचनको समग्र अनुगमन गरी २९ बुँदे सुझाव पेस गरिन् । नेपालले इलेक्ट्रिकल भोटिङ सिस्टमको सुरुवात गर्नुपर्नेमा उनको जोड छ ।

जोभ्कोका अनुसार मंगलबार युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले पत्रकार भेटघाट गरी प्रतिवेदन सार्वजनिक गर्ने छ ।भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईलगायतको उपस्थिति थियो ।