suekhet
bheriad

नेपालि मिडियाले म र मेरो परिवारको आत्मा सम्मानमा चोट पुग्ने गरि समाचार बनायो,गायक रामकृष्ण ढकाल ,

lekabesi

पुस १० ,काठमान्डौ – रामकृष्ण ढकालले नेपाली मेडियाले आफु र आफ्नो परिवारको आत्मा सम्मानमा चोट पुग्ने गरि समाचार लेखेको र बनाएको बताएका छन् ,।

म सम्पूर्ण दर्शक श्रोता प्रति कृतज्ञ छु र रहिरहने छु तर नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ।

साथै ढकालले भनेका छन्, व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो।

विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु।

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन ढकाले भनेका छन् ।

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक ,श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन

तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि जसरि मिडियामा समाचार आएका छन् अड्कलबाजी छन् ।

उनले भनेका छन् दर्शकले म प्रति चासो देखाउनु राम्रो हो म आज सम्म सम्पुर्ण   दर्शक श्रोताका कारण याँहा छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् ।

हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।आशा छ तपाईहरुको माया रहिरहने छ। गायक ढकालले भनेका छन् ।

गायक ढकाल र उनकी पत्नी निलमको हिजो मात्र काठमान्डौ जिल्ला अदालतमा डिभोर्स भएको छ ।