suekhet
bheriad

मोडलिङ खेलाउछु भन्दै भारतमा लगेर बलि दिने तयारि धन्न प्रहरीलेले बचायो ति युवतीको ज्यान ,

lekabesi

पुस १० ,काठमान्डौ – मोड्लिङ्ग खेलाउछु भन्दै विभिन्न बहानामा बेचेर मन्दिरमा बलि चढाउने लागेकी युवतीलाई प्रहरीले विराटनगरबाट बचाएको छ ।

जसले गर्दा जिन्दगिमा सायद भगवानले पापी हरुको अब नस्ट गर्दैछन मानिस पैसाको लागि कतिसम्म खेल खेल्न सक्छ भन्ने यो कुरा बाट प्रस्ट हुन्छ ।

हाम्रो नेपालको कानुनमा के उल्लेख छ ,अपराधी र नरपिचासलाई कस्तो सजाए छ ,तर अब भगवानले छिट्टै ति पापी हरुको खेल अन्त्य गर्दै हुनुहुन्छ।

,जब तेस्ता पापी आफ्नो आम बेची खाने अपराधीहरुलाई प्रहरीले समात्न सफल भयो। युवतीको सपना मोडल बन्ने थियो तर बिचमा पापीले बेच्न मात्र लागेको भए त केहि पनि हुने थिएन।

बल्कि उनलाई जनावर जस्तै गरि तान्त्रिक पुजाको लागि लगेर मन्दिरमा बलि चडाउन लगिदै रहेछ ।यो कुरा सुन्दा कसको मनमा काँडा फुल्दैना र रुदैन ।

युवतीलाई घादिङ घर भई काठमाडौंकाे सितापाइलामा बस्दै आएकी प्रेममाया तामाङले सुरुमा मोडलिङको प्रस्ताव गर्दै रकम समेत मिल्ने आश्वासन दिएकी थिइन् ।

माेडलिङका लागि उचाई अनिवार्य ६ फिट हुनुपर्ने उनले बताइन्।तेती मात्र हैन उनि महिनावारी नभएको हुन पर्ने संगै शरीरमा कुनैपनि खत नभएको समेत हुनपर्ने प्रस्ताव गरियो ,।

तेस्पछि ति युवतीको उचाई खुल्ने गरि भिडियो बनाएर विराटनगरका उमेश साहलाई पठाइयो।

उताबाट उमेशले स्वीकृती दिएपछि ती मोडललाई विराटनगर लैजाने योजना बन्न थालेको थियो।

युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिएर विराटनगरसम्म पुर्याएका थिए ।

उनीहरुको प्रस्तावमा स्वीकार गरेकी युवतीले पछि शंका लागेपछि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो ।

त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा प्रहरीले पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाई भएकी युवती मगाएका थिए ।

उनले युवती मासु र रक्सी खाने हुन नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए ।

युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । यो घटनाको मास्टरमाइन्ड र डिजाइनर सबै पोद्दार रहेको प्रहरीको दावी छ ।

पोद्दार र भारत बिहारस्थित एक मन्दिरका बाबाबीच टेलिफोनमा पटकपटक संवाद भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीले बाबाकाे पहिचान भने खुलाएकाे छैन ।

दिलकुमारी बुढासँग हवाईजहाजबाट पुस ७ गतेविराटनगर पुगेकी उनलाई कृष्ण तामाङ र उमेश साहले भेटघाट गरी भ्यानमा राखेर रामजानकी मन्दिरको खाजा घरमा लगेका थिए।

त्यसपछि उनलाई त्यहीँकै जलजलाचोकस्थित काली मन्दिरको धर्मशालामा दुई वटा कोठा बुक गरी फेरिउनको उचाई नाप्दै महिनावारी भए नभएको, घाउचोटक लागे नलागेकोबारे साेधियाे।

कृष्ण र उमेश छिट्टै फर्कने भन्दै केही समयका लागि बाहिर गए।

पछिपछि गएकाे प्रहरीले उनीहरु बाहिर निस्केपछि अपरिचितहरुसँग कुराकानी गर्न थालेकाे भेटे।

कुराकानीकाक्रममा उनीहरुले तान्त्रिक पूजाका लागि बोर्डर पारीलैजाने तयारी भएकाे पत्ताे पाए।घटनामा संलग्न उमेश माझी, रञ्जितकुमार चौधरी, दिलिप पोदरसँग समेत उनीहरुको छलफल भएको थियो।

युवतीलाई मोडलिङको लागि आवश्यक कपडा र सरसामग्री किनिदिने बहानामा जोगबनी बोर्डर हुँदै पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फूल्चोक बूढिगंगा–१ बाट उनीहरुलाई बेलुका साढे ९ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

युवतीलाई उद्धार गरी घटनामा संलग्न ७ जनालाई थप कारबाहीका लागि काठमाडौं ल्याइएकाेछ।

पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गर्दै गर्दा पत्रकार सम्मेलनमा आरोपी उमेश शाहले उल्टै प्रहरीलाई अपराध पुष्टि गर्न चुनौति दियो  ।

उसले अझै भन्यो प्रहरीले हामीलाई विना कारण समात्यो र आरोपित गर्न खोज्यो हामि पनि हेर्छौ,तेस्पछि प्रहरीले सातै जनालाई हिरासत तिर लागेको छ।

,घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पक्राउ व्यक्तिहरुले धेरै पैसा पाउने लोभमा ६ फिट उचाई भएकी युवती खोजेको र मन्दिरमा बलि चडाउने समेत बुझीएको छ ।