suekhet
bheriad

सभामुखको टुंगो लगाउन नेकपामा सास्ती ,

lekabesi

पुस ११ ,काठमान्डौ – सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा सहमति जुटाउन सकेको छैन ।

जसले गर्दा गित प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । आज १ बजेको लागि बोलाईएको बैठक चार दिनपछिको लागि धकेलीएको छ।

नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको छलफल निष्कर्षमा पुग्न नसकेपछि उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

पुर्व एमालेले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखमा अघि सारेपछि टुंगो गर्न दुई अध्यक्षलाई सकस परेको हो ।

जसमा उपसभामुख डा.शिवमाया तुम्बाहम्फेको पनि राजिनामा आएको छैन आज शुक्रबार नेकपा भित्र यो वषयमा छलफल हुने नेकपा श्रोतले जनाएको छ  ।

प्रधानमन्त्री ओली आफुलाई केहि भरपर्दो नेता चाहिएको र आफ्नो भरपर्दो नेता सुवास नेम्वाङ रहेकाले उनको दाबि उन्मै छ  ।

,उता पुर्व माओवादीका नेता हरुले पनि सभामुख नछोड्न भनेपछि प्रचण्ड अग्नि सापकोटालाई सभामुख बनाउन अगाडी बढेका छन  ।

सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद् पम्फा भुसाल पनि छन् ।

पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि सरेको छ । सभामुखमा आजै टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा उनले राजीनामा दिने तयारी थियो ।

अब एसको लागि दुई अध्यक्षबीच सहमतिपछि सचिवालय बैठकले सभामुखको उम्मेदवार तय गर्ने नेकपा स्रोतले जनाएको छ ।