डायलाइसिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा ,

पुस ११ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि भन्दै शुक्रबार दिउँसो मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ ।

प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच संगै नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।

ओलीको केहीबेरमा डायलाइसिस हुन गईरहेको प्रधानमन्त्री कार्यालय श्रोतले जानकारी गरेको छ ।