बलात्कारी सिद्दबाबालाई अदालतमा नाराबाजी कोहि भन्छन जय राम ,कोहि भन्छन फासी दे ,
पुस ११ ,विराटनगर – आफ्नै अनुयायीमाथि बलात्कारको आरोपमा पक्राउ परेका सिद्दबाबा कृष्ण गिरेको बयान आज सकीएको छ ।
गत कार्तिक ४ गते बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउगरेको थियो ।
,शुक्रबार जिल्ला न्याधिस राधाकृष्ण उप्रेतीको इजलासमा उनको बयान भएको हो ।दलातले भित्र बाबाको बयान लिदै गर्दा भने बाहिर सिद्धबाबा पक्ष र महिला अधिकारकर्मीले नाराबाजी गरिरहेका थिए ।
अदालतको प्रवेशद्वार पको दायाँ सिद्धबाबाका अनुयायीहरुले जय जय राम, जय श्रीराम भन्दै नारा लगाएका थिए ।तेस्तै महिला अधिकारकर्मीहरुले भने बलात्कारीलाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए ।
विराट नर्सिङहोमबाट सिद्धबाबालाई बयानका लागि लगिएपछि सुरु भएको पक्ष विपक्षको नाराबाजी दिनभर ज्चल्केओ थियो ।
आज बयान सकियपनि थुनछेक बहस भने आईतबार मात्र हुने छ ,बलात्कृत महिलाको पक्षबाट चारजना सरकारी र दुई जना निजी वकिलले बहस गर्नेछन तेस्तै कृष्णबहादुर गिरी सिद्दबाबाको तर्फबाट पाँचजना वकिले बहस गर्नेछन् ।
सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा सिद्दबाबालाई ७–१० वर्ष कैदको सजाय माग गरिएको छ ।
मूलुकी अपराध संहिता, २०७४को दफा २१९ को ३(ङ) बमोजिम ७ देखि १० वर्ष कैद सजाय माग गरिएको हो ।