होडिङ बोर्ड हटाउने निर्णयप्रति साइनोज एसोसिएशन नेपालको आपत्ति ,

पुष १२ ,काठमान्डौ – सरकारले काठमान्डौ उपत्यकामा बोर्ड तथा होडिङ बोर्ड ,पम्पलेट हटाउने निर्णय गरे लगतै ।

साइनोज एसोसिएशन नेपालले आपति जनाएको छ सरकारको एकलौटि निर्णयले हुँदैन,काठमान्डौ उपत्यकामामा मात्र ७५ हजार युवाहरु होडिङ बोर्ड ,पम्पलेट टाँग्नेकाममा आवद्द छन् ।

,शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न पनि माग गरेको छ ।

यदो बोर्ड हटाउन परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनेपर्ने साइनोजका कोषाध्यक्ष अनन्त गौतमले बताउनुभयो ।

विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले जथाभावी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गर्नुभएको छ ।

होडिङ बोर्ड गृहमन्त्रालयले हटाउने कि पर्यटन मन्त्रालयले हटाउने वा ट्राफिक प्रहरी कसले हटाउने भन्दै स्पष्ट नीति बन्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले निमुखा मारेर वैदेशिक रोजगारीलाई प्रश्रय नदिन समेत आग्रह गर्नुभयो ।गृहमन्त्रालयको निर्देशनमा काठमान्डौ उपत्यकामा राखीएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर हिजो शुक्रबार देखि हटाउन थालिएको छ।

काठमाण्डौ महानगरपालिकाभित्र चार समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गरेको छ ।

शुक्रबार माइतीघर, तिनकुने, टेकुलगायतका स्थामा महानगरका कर्मचारीले होर्डिङ बोर्ड हटाएका छन् ।