प्रधानमन्त्री ओलीले भिम रावललाई व्यङ्ग्य गर्दै भने धेरै कविता भन्न पर्दैन ७० वर्षको अनुभवले सरकार चलाएको छु ,
पुष १२ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रनै पार्टीको विरोध गर्ने कवि जन्मीएको बताए ।
,स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गर्दै प्रधानमन्त्री ओलीले भने पार्टीको समर्थनमा बोल्न नसक्ने विरोधमा मात्र बोल्नेहरु कुण्ठाग्रस्त भएको बताए ।
पार्टी भ्रातृसंस्था प्रेस संगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वको सफलताको प्रसंसा गर्न नसक्ने नेता विपक्षीले भन्दा अगाडि आएर विरोधमा मात्रै बोलेको आरोप लगाए
‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, पार्टीको नेतृत्वमा रहेको सरकारका सफलतामा बोल्न नकस्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्ँदैन,।
’ ओलीले भने‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन। पार्टीको सरकारले राम्रो काम गर्दा बोल्न नसक्ने?’
स्थायी समितिको वैठकमा नेता भिम रावलले वाचन गरेको कविता ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए।
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने गरी राष्ट्रिय जनता पार्टीसँग भएको दुईबुँदे सहमति गर्दा एकथरीले रोइकराई गरेको भन्दै उनले भने, बालुवाटारबाट कालो धुँवाको मुस्लो निस्किएको कविहरु पनि नयाँ-नयाँ खालका निस्किए ।
अचम्म अचम्मका कविता ।कार्यक्रममा ओलीले सरकारले गरेका राम्रा कामको फेरिहस्त सुनाए। ‘निरंकुशता ढालिएको छ, संविधान बन्न नदिँदा बनाइएको छ। नाकाबन्दी खोलिएको छ। भूपरिवेष्टितबाट हटाइएको छ ,अनि विरोध किन?
’ ओलीले अगाडी भने ७० वर्षको अनुभवले देश चलाईरहेको छ। पार्टी र सरकारको डुंगा कहिले पनि म डुब्न दिदैन प्रधानमन्त्री ओलीले।
अहिले राजनीतिलाई विस्थापित गराउने र अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताए।
अन्तर्राष्ट्रियरूपमा कम्युनिस्टले धक्का खाँदा नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म असाधारण बहुमत रहेको उल्लेख गर्दै उनले यसप्रति नकारात्मक भाव फैल्याउन देश–विदेशसम्म खेल भइरहेको ओलीले बताए।
ओलीले रूवान्डामा शताब्दीसम्म हुतु र तुत्सीको नाममा लडाई भएको र चीनलाई सयौं वर्षसम्म अफिममा फसाएको घटना सुनाउदै हाम्रो देशमा पनि मुस्लिम र हिन्दुको नाममा लडाउन खोजेको तर त्यसलाई आफुहरुले असफल बनाएको बताए ।