suekhet
bheriad

गुर्भाकोटमा नेकपाका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश ,

lekabesi

पुस १२ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका ५ मा नेकपाका सयौ कार्यकर्ता नेपालि कांग्रेसमा प्रवेश गरेका छन् ,।

नेपालि कांग्रेसले शुक्रबार आयोजित गुर्भाकोट ५ मा गरेको वडा कार्यसमिति विस्तार कार्यक्रममा नेकपाका कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन् ,।

कांग्रेसले गुर्भाकोटको १४ वटा वडामा वडा समिति विस्तार कार्य सुरु गरेको छ ,।,जसमा आज ५ न वडामा वडा स्तरिय बैठक सुरु गरेको थियो ,।

,आज आयोजित कार्यक्रममा साविकको सहारे गाविस,२ का तत्कालिन नेकपा एमालेका नेता लिलबहादुर डाँगीसहित एक सय भन्दाबढी कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा भित्र पार्टी नेतृत्व रमाउने विकास र समृद्धि भन्दापनि ब्याक्तिगत लाभको लागि नेकापाका कार्यकर्ता लागेको बताउदै आफुले नेपालि कांग्रेसमा प्रवेश गरेको डाँगीले बताए,।

कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति एवम् गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, वडा नम्वर–५ का अध्यक्ष लालबहादुर पुन, वडा नं. ६ का अध्यक्ष धनीराम जैसी, वडा नं. ४ का वडा सभापति उमेश डाँगी, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष किरण ओलीलगायतको उपस्थिति रहेको थियो ।

गुर्भाकोट,५ मा खगेश्वर पौडेलको सभापतित्वमा ३२ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

वडा समितिको उपसभापतिमा गोविन्दबहादुर घुराल, कोषाध्यक्षमा मिना खड्का र सचिवमा तेजबहादुर खड्का चयन भएका छन् ।

तेस्तै सदस्यहरुमा देवबहादुर भण्डारी, नरबहादुर लम्तरी प्रेमबहादुर राना,, कस्तुरी खड्का, रणवीर वली, टेकेन्द्र रोका, खुमा यरी, शशीराम राना, वशन्ती गोल्जारी, डिलबहादुर विकलगायत छन् ।