नेकपाभित्र सभामुखको टुंगो लगाउन मत बाजियो ,रास्ट्रपतिले भनिन अब सभामुख महिलाले पाउछ ,
पुस १३ ,काठमान्डौ – नेकपाको आज आईतबार बिहान ९ बजे देखि बसेको बैठकले आज पनि सभामुखको टुंगो लगाउन सकेन ।
.सभामुख चयनको लागि आईतबार बैठक बसेपनि टुंगो लाग्न नसकेपछि बैठक सामसिम भएको छ । सभामुखको विषयलाई लिएर नेकपाभित्र कराकस्सि देखिएको छ ।
,पुर्व एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली पुर्व सभामुख सुवास छन्द नेम्वाङ्गलाई अघि सरेको छ ,भने पुर्व एमाओवादी वर्तमान नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अग्नि सापकोटा ,देव गुरुङ ,र पम्फा भुषाललाई अगाडी सारेका छन् । यी तिनमा एकले सभामुख पाउनु पर्ने प्रचण्डको दावी छ
।
माओवादीले पहिले नै सभामुख पाईसकेको हुँदा एमालेले उपसभामुख पाएको थियो । ,बलात्कृत आरोपमा पक्राउ परेका सभामुख कृष्ण बहादुर महराले सभामुख पदबाट राजिनामा दिएपछि अहिले संसदमा सभामुख पद खालि छ ।
,पुर्व माओवादीका नेता कार्यकर्ताबाट सभामुख पद आफ्नो पार्टीले लिने भन्दै प्रचण्डलाई दाबि नछोड्न जानकारी आएको छ भने प्रधानमन्त्री ओलीले पनि सुभाष नेम्वांगलाई सभामुख बनाउन प्रस्त्वाब अगाडी सरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सभामुख चयनमा चासो राख्दै आएकी छन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा रास्ट्रपति अगाडी बढेको समेत विशेष श्रोतले जानकारी गरेको छ ।
नेकपाको शुक्रबार बसेको बैठकले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा सुचना टाँसी आज ९ बजे बैठक आवहान गरेको थियो , ।
आज बसेको बैठकमा पनि यो विवाद तर्न नसक्दा प्रधानमन्त्री ओली पनि दुविधामा छन् , ।
आज बसेको बैठकपछि महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार सभामुख चयन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बसेको भए पनि समय अभावका कारण छलफल हुन नसकेको बताए । अर्को बैठक छिट्टै बस्ने र उक्त बैठकले यसको बारेमा टुंगो लगाउने बताए ।