प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रस्ताव ,
पुस १३ ,काठमान्डौ – प्रदेश न ,३ को नाम वाग्मती र राजधानी हेटौडा राख्न नेकपा बैठकले निर्णय गरेको छ ।
आईतबार वालुवाटारमा बसेको नेकपाको बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रदेश ३ को नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।
यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।
राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन,।
नेकपाका महासचिव विष्णु पौडेलले भने, प्रदेश ३ को नामको प्रस्ताव बारे भएको निर्णय सम्बन्धमा केही पनि बताएनन्।
उनले समय अभावका कारण बैठक लामो नचलेको र अब अर्को बैठक छिट्टै बस्ने जानकारी गरे अब भने कार्यकारी अध्यक्ष भएपछि नेकपाका अध्य्क्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको आज बाट कुर्सि यक ठाऊमा राख्न थालिएको छ।