surkhet

प्रतिभा निखार्दै मोडल भिम खडका,“गुन्द्री र चकटी”गीतमा करिश्मा ढकालसँग रोमान्स गर्दै(भिडियो)

surkhet

भिम खडका र करिश्मा ढकालको अभिनयमा “गुन्द्री र चकटी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा जन्मेका भिम खडका पनि नेपालि सांगीतिक क्षेत्रका एक हस्ती हुन् ।

सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल भिम खडका भविष्यमा एक कुशल चर्चित मोडल बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका हुन् ।भने अहिले त्यसै अनुरुप मेहनत समेत गर्दै छन्।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेका खडका बिगत लामो समय देखि नै यसै क्षेत्रमा सक्रियरुपमा लागेका छन् ।

Dailekh

खडकाले बिभिन्न विधाका गितमा अभिनय गरिसकेका छन् । दर्जनौ गीतमा अभिनय गरिसकेका खडकाले यो गीतमा फरक शैलीले प्रस्तुत भएका छन् ।

Gorkha

खडकाको साथमा नेपालि लोकदोहोरी क्षेत्रकी चर्चित तथा पछील्लो समय नेपालि सांगीतिक क्षेत्रकी चर्चित मोडल करिश्मा ढकालसंग अभिनय गरेका छन् । ढकालले पनि दर्जनौ गितमा अभिनय गरिसकेकी छन् । उत्तिकै चर्चित पनि छन् ।

“गुन्द्री र चकटी”गीतमा चर्चित गायिका सम्झना भण्डारी र नव गायक चिज कुमार रावतको स्वरमा रहेको छ भने सुप्रिम राज बिस्वकर्माको शब्द तथा रुद्र जीएमको संगीत रहेको उक्त गीतको भिडियोलाई चर्चित नेर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन् ।

बि-स्टार फिल्मसको पर्दामा निर्माण गरेको म्युजिक भिडियोलाई प्रकाश खडकाले खिचेका हुन् भने मिलन बिकले सम्पादन गरेका छन् । आशा छ यो गीत पनि चर्चाको शिखरमा चढने छ । यो म्युजिक s3k entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

salyan