पुस १५ लाई गुरुङ समुदायले नँया वर्षको रुपमा मनाउनुको तथ्य यो हो ,

पुस १५ ,काठमान्डौ – आज गुरुङ समुदायले तमुल्होसार मनाउँदैछन्। अर्थात् उनीहरुले आज पुस १५ लाई नँया वर्षको रुपमा मनाउने गर्दछन ।

,यो उनीहरुको परम्परागत चाड हो ,ल्होसारको अर्थमा गुरुङहरुले वर्ष फेरिनु भन्ने बुज्दछन र यो पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन ।

१४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले जनाएको छ ।

lekbesi

आईतबार देखि तिन दिन सम्म गुरुङहरुले टुँडिखेलमा रमझम गरि लोकगित गाउने ,नँया कपडा र गुरुङ हरुको पोसाकमा सजिने गर्दछन ,।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित भएको समेत मानिन्छ । टुँडिखेलमा आज गुरुङ समुदायले ठुलो कार्यक्रमको आयोजना समेत गरेका छन् ।जसलाई रास्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने छिन। ,