नेकापामा आजपनि सभामुखको ताकेता माओवादीको हातमा पर्न सक्ने सम्भावना बढी ,

पुस १५ ,काठमान्डौ – सभामुख बारे आजपनि वालुवाटारमा छलफल चालिरहेको छ ,।सभामुख उमेदवार कसलाई बनाउने भन्ने बारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

सभामुख चयनको बारेमा आजबाट प्रतिनिधिसभाले प्रक्रिया सुरु गरेको छ। ,सभामुख पद पुर्व माओवादीले दाबि गर्दै अग्नि सापकोटा ,देव गुरुङ ,पम्फा भुषाललाई आगाडी सरेको छ भने पुर्व एमालेले पुर्व सभामुख सुभास चन्द्र नेम्वाङलाई अगाडी सारेको छ ।

,तर ओलीनिकट नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुवास नेम्वाङको विकल्प खोज्न नहुने तेस्मा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बनाउन सकिने बताइरहेका छन् ।]

lekbesi

रास्ट्रपति ,प्रधानमन्त्री र रास्ट्रीयसभा जस्ता पद एमालेले पाईसकेको हुनाले सभामुख माओवादीले पाउनुपर्ने प्रचण्डको भनाई छ ।

,रास्ट्रपति विद्या देवी भण्डारीले भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा बोलि थिइन् ।

यो विषयामा नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा अहिले छलफल भईरहेको छ।

नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको नेकपाका श्रोतले बताएको छ ।

दुई अध्यक्षबीच अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।