चिसो संगै हुम्लामा मौसमी रुघाखोकी सुरु एक महिलाको मृतु ,
पुस १६ ,काठमान्डौ – केहि दिनयता देशैभर बढेको चिसोले मौसमी रुघाखोकीपनि फैलीएको छ ,।
मौसमी रुघाखोकीका कारण हुम्लाको खार्पुनाथ गाउँपालिका ,३ रायागाउँ निवासी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको छ ।
,मृतक महिलालाई चिसो संगै रुघाखोकीले च्यापेको थियो ।,रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले जानकारी दिए।
राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेको उनले बताए।
उनका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ। रुघाखोकीकारण अहेव वीरसिंह रावल आफै स्वास्थ्यचौकी जान नसकेको बताउछन।
,मौसमी रुघाखोकी कारण हुम्ला जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन्।
गत मङ्सिर महिनाको अन्तिम साता परेको भारी हिमपातले बिरामीको सङ्ख्या अझ बढ्दै गएको छ भने अस्पतालका सैया बिरामीले भरिभराउ छन् ।