कर्णाली प्रदेशमा भ्रमण वर्ष २०२० सफल पार्न लोप्नमुख समुदाय राउटेपनि ब्यानर सहित अगाडी बढे ,
पुस १६ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा पनि आज बाट नेपाल भ्रमण वर्ष २०२० सफल नमाउन आजदेखि औपचारिक रुपमा समारोह सुरु भयको छ ।
,कर्णालीमा भ्रमण वर्षको सुभारम्भ वीरेन्द्रनगरको बुलबुले तालपरिसरमा आयोजित गर्दै कर्णालीका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुभारम्भ गरेका हुन् ।
कर्णाली प्रदेशलाई चिनाउन नेपाल भ्रमणमा विभिन्न समुदायहरु ब्यानर सहित बजारमा र्यालीसमेत निकालेका छन् ,।
नेपालकै लोपन्मुख जाति राउटे समुदायपनि नेपाल भ्रमण वर्ष सफल बनाउने भन्दै ब्यानर सहित सुर्खेत झरेका छन् ।
,सुभारम्भ समारोहमा विभिन्न समुदायले आफ्नो संस्कृति समेतलाई झल्काएको छ भने विभिन्न खालका नाच हरु देखाईएका छन्।
,कर्णाली देउडा समाज जुम्लाले पनि आफ्नो ब्यानर सहित बजार परिक्रमा गरि आफ्ना संस्कृति र नाच गान प्रस्तुत गरेको छ ,।
नेपाल सरकारले भ्रमण वर्षलाई रास्ट्रीय रुपमै घोषणा गरि मनाईरहेको छ। ,काठमान्डौमा पनि भ्रमण वर्ष रंग शालाबाट सुरु गरिएको छ ।
,हेलिकोप्टरमा नेपाल भ्रमण वर्ष २०२० को ब्यानर टाँगेर राजधानी परिक्रमा गरेको छ भने विभिन्न सवारी साधनमा नेपाल भ्रमण वर्षका पोस्टर टाँसीएका छन्। ,