सुर्खेतमा विप्लव र प्रहरीबीच गोलि हानाहान ,

Naumule

पुस १६ ,सुर्खेत – सुर्खेतमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोलि हानाहान भएको छ ,।पश्चिम सुर्खेतको पञ्चपुरी ०८, स्थित चेनेरीताल जंगलमा विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।

गोलि हानाहान भएपनि दुवै समूहमा कसैलाई पनि क्षति नभएको उनले बताए विप्लव नेतृत्वका जिल्ला नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरीमाथि उनीहरुले तीन राउण्ड फायर गरेका हुन् ।

प्रहरीले पनि प्रतिरक्षा गर्न भन्दै दुई राउण्ड फायर गरेको थियो । शाही करिब आफ्ना १० -१२ जना कार्यकर्ताको साथमा गाँउ छिरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी सिभिलमा पुगेको थियो।

Gurvakot

,प्रहरीलाई देख्ने बितिकै विप्लव कार्यकर्ताहरुले फाएर खोलेका थिए। ,जवाफमा प्रहरीले पनि फाएर गरेको थियो। दुवै तर्फ फाएर हानाहान भएपछि चन्द समूह जंगल तर्फ फागेका थिए ।

,अहिले प्रहरीले त्यस जंगलमा सर्च अप्रेसन चालाएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खत्रीले बताए।

,विप्लव समुहलाई सरकारले प्रतिबन्धित गरेपछि समूह र प्रहरीबीच बेला बेलामा झडप संगै भिडन्त हुने गरेको छ।

Bangad kupinde