
देउवाले बोलाएको बैठकलाई पौडेलले बहिस्कार गरे ,केन्द्रिय बैठकमा पनि नजाने ,
पुस १६ ,काठमान्डौ – नेपालि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकलाई नेपालि कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन् ।
बुधबार साँझा देउवाले पदाधिकारी बैठक बोलाएका थिए जसमा देउवाले पौडेललाइ पनि बोलाएका थिए तर बैठकमा पौडेल नजाने भन्दै बहिस्कार गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसको भोलि हुने केन्द्रिय बैठकमा समेत पौडेल समूह नजाने जानकारी गरेको छ भोलिको बैठक राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटका लागि बोलाइएको छ ।
कांग्रेसको २६ मंसिरबाट सुरु भएको केन्द्रिय बैठकलाई पौडेल समुहले बहिस्कार गरेको छ।
लामो समयमा पनि सहमति जुट्न नसकेपछि संस्थापन समूहले बहुमतका आधारमा निर्णय गरेको छ । जसले गर्दा पौडेल समूहलाई थप रुष्ट बनाएको छ ।