विमानस्थलमा एक किलो सुनसहित भारतीय नागरिक पक्राउ ,

पुस १७ ,काठमान्डौ – त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुवै मार्फत काठमान्डौ आएका भारतीय नगरिकलाई जाँचको क्रममा उनीबाट प्रहरीले एक किलो सुन बरामद गरेको हो।पक्राउ परेका भारतीय नागरिकको भने परिचय खुलाईएको छैन ।

,सुन चेक जाँचको लागि भन्सार विभाग पठाइएको विमानस्थल प्रहरी कार्यालयका एसएसपी रामकृपाल साहले जानकारी दिए ।

lekbesi

नियन्त्रणमा रहेका भारतीय नागरिकलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।विमानस्थलमा बेला बेलामा सुन्तस्करलाई प्रहरीले पक्राउ गर्ने गरेको छ ।