suekhet
bheriad

उखु किसानलाई मन्त्रीले भने घर फर्कनुहोस पैसा पाउनुहुन्छ ,

lekabesi

 

पुस १७ ,काठमान्डौ – आफुले वर्षौ देखि उखुको मूल्य भुक्तानी नपाएपछि काठमान्डौमा आएका उखु किसानहरुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले घर फर्कन आग्रह गरेका छन् ।

,किसानलाई उखुको रकम तत्काल भुक्तानी गर्न भन्दै चिनी मिल संचालकहरुलाई मन्त्रिले निर्देशन गरेपछि मन्त्रीले किसानलाइ घर फर्कन आग्रह गरेका हुन् ।

,उखु किसान हरुले काठमान्डौको माईतिघरमा आन्दोलन गर्दै आएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर बोल्दै मन्त्रि भट्टले भने अब पनि पैसा नदिए हजुरहरुले बोलाएको ठाँउ र स्थानमा आउने छु तर अहिले घर फर्कनुहोस ।

,मन्त्रि भट्टका अनुसार अन्नपूर्ण सुगर एण्ड जनरल इन्जिनियरि प्रालि र इन्दिरा सुगर एण्ड एग्रो प्रालिका सञ्चालक राकेश कुमार अग्रवाल मन्त्रालयको टेलिफोन सम्पर्कमा आएको तथा महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गते भित्र सबै उखु किसानको बाँकी बकौता भूक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको उनले जानकारी गराए ।

त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेको पनि उनले जानकारी गराए ।

मन्त्रि भट्टका अनुसार माघको पहिलो सातासम्म उखु किसानको सम्पूर्ण बक्यौता चुक्ता गर्न निर्देशन भएको, र यस बर्षको उखु तत्काल खरिद गरि मिल संचालन गर्न तथा भुक्तानी नगरेको मिलको कारोवार रोक्का राखिने व्यहोरासमेत जानकारी छ ।

तेस्तै सरकारले उखु किसानलाई दिने भनि घोसना गरिएको अनुदान रकम पर्याप्त र सहज तरिकाले उपलब्ध हुने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा सहजिकरणका लागि अनुरोध गरिएको बताए ।

उखु किसान र चिनी मिल अधोगीहरु बीच बर्षौँदेखि देखिएको समस्यालाई दिगो समाधानकालागि सरोकार मन्त्रालयका पदाधिकारी उखु किसन र चिनी मिलका प्रतिनिधि तथा विषय विज्ञ समेत रहने गरि समिति गठन गरि १५ दिन भित्र प्रतिवेदन दिन पनि सरकारले पहल अगाडी बढाउने गरेको छ।

समितिलाई उखु दिने बितिकै किसानको खातामा रकम जम्मा हुने स्वचालित पद्धति सिफारिस गर्ने, तौलमा हुने अनियमिता रोक्ने, बिचौलियाको प्रभाव र खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउने, उखु किसानको बाँकी बक्यौताको रकम एकिन गर्ने, उखु किनबेचलाई सबै कोणबाट व्यवस्थित बनाइ स्वचालित पद्धति अपनाउने गरी सरकारलाई सिफारिस गर्नपनि मन्त्रि भट्टले बताए ।

किसानको बाँकी बक्यौता १५ द्न्भित्र तत्काल भुक्तानी गर्ने प्रबन्ध मिलाउन पनि मिल संञ्चालकहरुलाई मन्त्रि भट्टले आग्रह गरे ।,

यस बर्षका लागि उखुको मूल्य प्रतिक्वीन्टल ५ सय ३६ रुपैया ५६ पैसा निर्धारण गरिएको पनि भट्टले बताए ।

उखु किसानको समस्या आउन नदिन चिनी मिलका संचालकलाई बोलाई भुक्तानी दिन तथा उखु उत्पादन र चिनिमिल संचालकबीच छलफल गरि उखु किसानलाई सरकारबाट दिइएको अनुदान रकम सहज उपलब्ध गराउन, उखु किसानलाई अनुदान दिने कार्यविधि सरल र व्यवहारिक हुने गरी आवश्यक परिमार्जन गर्न कषि तथा पशुपक्षी विकास मन्त्रायलाई अनुराध गर्ने काम पनि मन्त्रालयबाट भएको समेत उनले बताए ।