अस्पतालको इमरजेन्सी बेडमा सुत्छन् कुकुर ,,
पुस १७ ,काठमान्डौ – जिल्ला अस्पताल धादिङको अवस्था बेहाल बनेको छ भने अस्पतालको इमरजेन्सी बेडमा विरामी हैन कुकुर सुत्ने गरेको पाईएको छ।
यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, तर यो कुरा सत्य हो अस्पतालले दिने सेवा तथा सुविधादेखि व्यवस्थापन पक्ष फितलो हुदा आमसेवाग्राही मारमा परेका हुन् ।
जसले गर्दा आमनागरिकले सहज तरिकाले सेवा तथा सुविधा लिने तरिकाले लिईएपनि अपताल्को पछिल्लो समयको अबस्था देख्द्दा उपचार गर्न अस्पताल आउन नसक्ने अवस्था रहेको सर्वसाधारणहरु बताउछन ।
,अस्पतालको भौतिक संरचना भन्दा अन्य कुनैपनि चिज चित्त बुझ्दो नभएको सर्वसाधारणहरु बताउछन।
इर्मजेन्सी वेडमा कुकुर सुतिरहेको भेटिनु, इर्मजेन्सी प्रवेश च्यानल गेट बन्द गरि राख्नु, अहेवले फार्मेसीमा औषधि बेच्नु, लाखौं मूल्य बरारका मेसिनरी उपकरण प्रयोगहिन बन्नु, विरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग हुनु जस्ता गतिविधी जिल्ला अस्पतालमा हुने गरेपछि अस्पतालमा जना मन नलाग्ने गरेको य्निहरुको गुनासो छ ।
अस्पताल संचालन तथा व्यवस्थापन समितिको लापर्बाहीका कारण ईमरजेन्सी बेडमा भुस्या कुकुर सुतेको देख्दा बिरामीलाई झन् अर्कै रोग लाग्ने भन्ने डरले पनि बिरामी त्रसित भएको बताउछन र अस्पतालमा जान मान्दैनन।
,जिल्ला अस्पातल धादिङमा सेवाग्राहीलाई सेवा दिन राखीएका उपकरण प्रयोग बिहिन भएका छन् ।भिडियो एक्सरे गर्ने उपकरण छ तर अस्पतालमा एक्सरे हुदैन ।
एक दिन चल्दा अर्को दिन चल्दैन ,सामान्य उपचारका लागि जिल्ला अस्पताल आएका विरामीहरुलाई समेत अन्यत्र रेफर गर्ने गरेको नीलकण्ठ नगरपालिका ३ का गणेश बुढाथोकीले बताए ।
जिल्ला अस्पतालमा आएका सामान्य बिरामी देखि सुत्केरी लागेका महिला समेतलाई काठमान्डौ ल्याउन परेको उनि बताउछन।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुदानका रुपमा असारको पहिलो साता अस्पताललाई करिव २५ लाख रुपयाँ पर्ने बायोकेमेष्ट्रि एनालाइजर मेसिन दिएपनि दक्ष जनशक्ति अभावका कारण प्रयोगशालामा थन्किएको छ ।
जसले गर्दा अस्पातलको प्रयोगशालामा नियमित परिक्षण गरिने सुगर, एचडिएल, युरिक एसिड जस्ता थुप्रै परिक्षण हुनबाट सर्वसाधारण वन्चित छन् ,
जिल्ला अस्पताल धादिङका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाका अनुसार अस्पताललाई सुधार गर्न पर्ने धेरै छन् ।
,मेस्नरी चिज हुन् बिग्रनछन ,तेही बेला आएका सर्वसधारणले सेवा नपाउदा पनि गुनासो गरेको हुन सक्ने उनले बताए ।
उनले भने अस्पताल रेखदेख गर्ने कर्मचारी नभएकाले ईमरजेन्सी बेडमा कुकुर साटेको समेत बताए जनशक्ति अभावका कारण व्यवस्थापन गर्न कठिन भएको उनले दाबी गरे ।
अस्पतालमा थुप्रै कमी कमजोरी छन् सुधार्दै लैजाने हो। त्यसैले कर्मचारी नभएको समयमा इर्मजेन्सी प्रवेश गर्ने च्यानल गेट लगाएर राख्ने गरेका हौं ।
अन्यथा स्पताल्मा सबै काम हरु भएका छन् हामीले अस्पतालबाट बिरामीलाइ दिने सेवा दिएका छौ उनले भने।