दुई तिहाई सरकार होसियार ,
पुस १८ ,काठमान्डौ – माईतिघर मण्डलामा उखु किसानले लगाएको नारा हो यो ,दुई तिहाई सरकार होसियार ,वर्षौ देखि आफुले मेहनत गरेर उब्जाएको उखुको पैसा चिनी अधोगीहरुले नदिएपछि उनीहरु काठमान्डौमा आंदोलन गरिरहेका छन्।
काठमान्डौ आउँदा भाडा कारेर पहिलो पटक काठमान्डौमा आएका सर्लाहीका उखु किसान राम विलास महत्व भन्छन पैसा नदिए यतै मर्छु।
७० वर्ष पार गरेका महत्व रुँदै भन्छन ,जति फोन गरेपनि भनेपनि साला त्यो मालिक पैसा नै दिदैन ,।तेस्तै अन्य उखु किसानको पनि यस्तै
गुनासो छ ।

चिनी मालिकले आफुहरुलाई वर्षौ देखि उखुको रकम भुक्तानी नगरेपछि आफुहरु अन्तिममा काठमान्डौमा आउन परेको बताउछन ।
सर्लाहीको अन्नपुर्ण चिनी मिलले किसानको पैसा नदिएपछि आफ्ना घर जग्गानै लिलाम हुन लागेको उनीहरु बताउछन ।
मिल संचालक राकेस आग्रवाललाई खोज्दै काठमान्डौ आएका उनीहरु भन्छन हामी दुई सयको हारा हारिमा यहाँ आएका छौ तर १२ हजार किसानको उखुको पैसा अग्रवालले तिर्न बाँकी छ ।
चिनी मालिकबाट उनीहरुले ५० करोड लिन बाँकी भएको किसान बताउछन ।२०७४ सालदेखिको पैसा उनीहरुले पाउन बाँकी रहेको हरिश्याम याव यादव बताउछन गत वर्ष उनीहरु चिनी मिलको मूल ढोकामा समेत अनसन बसेका थिए।
गत वर्षको कार्तिक महिना भित्र राकेश अग्रवालले बाँकी बक्यौता तिर्ने सहमति गरेपछि किसान फर्कीएका थिए ।
भनेको समय नाघेपछि अग्रवाल बेपतात छन् अहिले उल्टै अग्रवालका मान्छेले किसानलाई धम्क्याउन थालेको समेत देवान यादव बताउछन ।
उखु किसान काठमान्डौ आएपछि अन्नपुर्ण मिलको सम्पर्क कार्यालय त्रिपुरेश्वर छोडेर कर्मचारी समेत भागेका छन् ।
कार्यालले अब देखि उखु मिलको काम यो कार्यलबाट नहुने भन्दै सूचना टांसेपछि किसान झन् अन्योलमा छन् उनीहरुले पैसा नपाए खेति गर्दा लागेको ऋण कसरि तिर्ने होला भन्नेमा चिन्तित छन्।
काठमान्डौमा अहिले सम दश पटक आईसकेको र पैसा दिने भन्दै लिस्टमा नाम राखेको तर पैसा नदिएको पिडित शुसील शर्माले बताए।
उनले भने ३ लाख लिनलाई ५० हजार भन्दा बढी खर्च भईसक्यो ।अब के गर्ने खेत बाट उखु मिल सम्म पुर्याउनलाई किसानले पहिले कर्जा लिने गर्दछन।
जसको ब्याजनै अहिले सम्म कति भयो होला ,देशभर एकलाख हाराहारी उखु किसान छन् तर ति सबैका पिडा यहिनै हुन् ।
,सबै किसानले गरि अहिले सम्म टोटल२ अर्ब पचास करोड भुक्तानी लिन बाँकी छ ,।चिनी मिलले चिनी नगदमा बेचेर पैसा उठाएपनि किसानले पाएका छैनन् ,।
देशमा दुई तिहाईको बलियो सरकार छ तर सरकारलेनै किसानको पैसा भुक्तानी गर्नमा पहल नगरेपछि किसान गहभरि आँसु बगाएर न्याय खोजिरहेका छन् ,।
यो पनि पढ्नुहोस ,के भन्छन उधोग मन्त्रि,