एसपि मल्लले छाडे चितवन ,
पुस १८ ,काठमान्डौ – चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना बुझेका छन् ।चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो ।
तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् ।बिहीबार ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडाले उनलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन दिएको थियो ।
त्यसपछि शुक्रबार बिहान उनले ट्वासीलाई ‘चार्ज’ बुझाएर जिल्लाबाट रमाना लिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।
चितवनमा एसपि गंगा पन्तको सरुवा गरिएको थियो । पन्तको सरुवामाथि भने पुनर्विचार हुनसक्ने स्रोतले बतायो ।
दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सरुवा गरिएको छ ।सरुवामा असन्तुष्टि जनाउँदै मल्लले सरुवा गरिएको स्थानमा जान मानेका थिएनन ।मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् ।