suekhet
bheriad

यसरि समाप्त गर्दैछ प्रहरीले गुण्डाहरु ठमेलको डन राते पक्राउ ,

lekabesi

पुस १८ ,काठमान्डौ – ठमेल बजारको डन भनेर चिनिने रातेलाई अपराध महाशाखाको विशेष टोलीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चरी समूहका गुण्डा राते भन्ने सुजन श्रेष्ठ रहेका छन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई नयाँबजार बस्दै आएका श्रेष्ठलाई बिहीबार राती १० बजे ठमेलबाट महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

०७५ चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र रातेले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा बस्दै आएका विष्णु कठायतमाथि आक्रमण गरेका थिए ।

अजय भने फरार छन् ।कठायतलाई पछाडिबाट रडले टाउकोमा हानेर उनीहरु फरार भएका थिए,’।

महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘फरार अजयको प्रहरीले खोजीकार्य जारी राखेको छ ।’

पक्राउ गरि रातेलाईमहानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ । देशभर गुण्डा राज गरिरहेका ब्याक्तिलाई प्रहरीले खोजितालास गरिरहेको छ ।

,सम्पर्कमा आए छानबिन गर्ने र खोजितालासमा प्रहरीमाथि आक्रामक गर्नेलाई प्रहरीले ईङ्काउण्टर समेत गरेको छ। ,देशमा गुण्डाराज फैलाउने ब्याक्तिको अन्त्य गर्न प्रहरी लागिपरेको छ ।