निर्देशक अशोक बिकले दिएको नँया वर्षको उपहार जब सम्म सास छ,,

पछिल्लो समय गित संगीतमा आफुलाई निर्देशकको रुपमा चिनाउन सफल निर्देशक अशोक बिकले निर्देशन गरेको गित भर्खरमात्र बजारमा सार्वजनिक गरिएको छ ।

केहि समय यता अशोकले निर्देशन गरेका गितले बजार पाएको पाईन्छ, भने उनि निर्देशनकै लागि नेपालका विभिन्न क्षेत्रमा ब्यस्ता देखिन्छन।

गायिका मेलिना राई र बुद्द मोक्तानको स्वर रहेको जब सास छ बोलको म्युजिक भिडियोलाई नयाँ वर्ष २०२० को अवसर पारेर बजारमा ल्याईएको अशोकले रंग दर्पणलाई बताए।

lekbesi

,दिपक राज विश्वकर्माको संगीत रहेको गितमा सुरज पौडेलको शब्द लेखन रहेको छ। जब सास छ बोलको यो म्युजिक भिडियोलाई विभिन्न हराभरा लोकेसनमा निर्माण गरिएको छ ।

,विरेन्द्र भाटले क्यामेरामा कैद गरिएका फोटेजलाई रबिन बिकले सम्पादन कलर करेक्सन गरेका हुन्।

गितमा अभिषेक ओली र अलिना देउजाको अभिनयमा दर्शकले भरपूर मनोरंजन लिएको प्रतिक्रिया दिएका छन् ।,गितलाई बिहानी म्युजिक कृएसन्ले बजारमा पाठाएको हो।