कोरियन भाषा परीक्षाको आवेदन घरमा बसेर वेवसाईट बाट भर्न मिल्ने ,,
चैत, ७ काठमाडौं – कोरियामा जानको लागि कोरियन भाषा अध्यन गरिरहेका विध्यार्थी हरुको लागि आवेदन रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ ।कोरिया शाखाले यसको सबै तयारि पुरा गरेको जानकारी दियको छ
साथै १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । फर्म भर्नलाई ईपीएसको वेवसाईट हेरेर दियको जानकारी अनुसार अन्लाईन बाट आवेदन भर्ना सकिने छ , गत वर्ष पहिले बाट आवेदक हरुले फर्म भर्न लाईन लाग्न पर्ने भयकोले झन्झटिलो थियो तर अब भने पहिले जस्तो दुख न गरि घरमै बसी पनि आवेदन भर्न सकिन्छ आवेदन शुल्क तिर्न भने बैंकमा लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।
भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।
आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो पटक ७ हजार एकसय जना उतिर्ण गर्ने लक्ष्य छ त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।